हेटौँडा अस्पतालमा मानसिक रोगको उपचार सुरु « Khabarhub

हेटौँडा अस्पतालमा मानसिक रोगको उपचार सुरु


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरूलाई सम्बन्धित चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनको भरतपुरतर्फ पठाउने गरिएको हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए ।

उक्त अस्पतालको परिसरमा रहेको भवनका विभिन्न कक्षमा महिला र पुरुषको छुट्टाछुट्टै शय्याको व्यवस्था गरी आवश्यक सुरक्षाको प्रबन्धसहित बिरामीहरूलाई नियमित भर्ना गरी उपचार दिने लक्ष्य रहेको उनले जानकारी दिए । अस्पतालमा अहिले प्रसूति सेवा, मिर्गौला रोगबाट प्रभावित बिरामीहरूलाई डाइलाइसिस उपचार सेवालगायत पेट र पत्थरीको पनि शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको मेसु डा सापकोटाले बताए ।

हाल अस्पतालमा एक मनोचिकित्सकको दरबन्दी रहेको र अर्का एक चिकित्सकको दरबन्दी उपलब्ध गराउन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी माग गरिएको आवश्यक प्रक्रिया पनि सुरु भइसकेको उनले बताए। चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरी गम्भीर प्रकारका बिरामीलाई थप उपचारका लागि काठमाडौँको पाटन, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको सूचना अधिकारी झाले बताए ।  

सो अस्पतालमा बागमती प्रदेशको सिन्धुली, धादिङ, चितवन, मधेस प्रदेशको सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहटबाट प्रसूति सेवा, डेङ्गु, पेटसम्बन्धी पत्थरीलगायत अन्य रोगका बिरामी पनि हेटौँडा अस्पतालमा उपचार सेवा लिन दैनिक रुपमा आउने गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ५९ बजे

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा