बेमौसमी वर्षाले धानबालीमा क्षति « Khabarhub

बेमौसमी वर्षाले धानबालीमा क्षति


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनहरी– बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । मंगलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन् । सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए ।  

उनले भने, ‘मंगलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याएको छ । धान भित्र्याउन जुटेका किसान बाली नोक्सान भएपछि चिन्तित छन् ।’ अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए ।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताइन् । वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएका उनको भनाइ थियो ।

गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताए । मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ०६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा