कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, राप्रपाबाहेक सबै पक्षमा (भिडियोसहित) « Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, राप्रपाबाहेक सबै पक्षमा (भिडियोसहित)


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइभन्दा धेरै विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत परेको हो । ९३ सदस्य रहेको प्रदेशसभा बैठकमा बुधबार ९१ सांसद उपस्थित रहेका थिए ।

अन्य पार्टीहरुले कार्कीलाई विश्वासको मत दिएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ मध्ये ५ सांसदहरुले कार्कीलाई विश्वासको मत दिएनन् । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

नेपाली कांग्रेसबाट विद्रोह गरेका कार्कीले आफ्नो पार्टीका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

भिडियो-

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ५३ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री