एकान्त रुचाउने व्यक्ति बढी प्रतिभावान « Khabarhub

एकान्त रुचाउने व्यक्ति बढी प्रतिभावान


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एकान्तमा धेरै समय बस्न रुचाउने मानिसहरु बढी चिन्तन गर्छन् भनिन्छ । यसले मानिसको मानसिक अवस्थालाई असर गर्ने भन्दै मनोवैज्ञानिकहरुले एक्लै धेरै समय नबस्न र साथीभाई तथा परिवारसँग बढी समय घुलमिल गर्न सुझाव दिने गर्छन् ।

तर एक अनुसन्धानले भने फरक नतिजा देखाएको छ । अनुसन्धानअनुसार एकान्तप्रेमी व्यक्ति बढी प्रतिभावान हुन्छन् । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले उक्त नतिजा देखाएको हो ।

मनोवैज्ञानिकहरु समेत रहेको अनुसन्धान टोलीले १५ हजार जनामाथि उक्त अनुसन्धान गरेको थियो । जसमा आइक्यु बढी भएका व्यक्तिहरु बढी हल्ला हुने ठाउँमा बसेपनि उनीहरु त्यो बसाईदेखि सन्तुष्ट देखिएनन् ।

त्यस्तै अनुसन्धानमा संलग्नमध्ये धेरैजसो व्यक्तिहरु सम्बन्ध बनाउन, समाजमा घुलमिल हुन मन पराउँछन् ।

तर आइक्यु धेरै भएका, सिर्जनात्मक सोंच राख्ने व्यक्तिहरु केही समयमात्र अरुसँग या हल्लामा रहने र धेरैजसो समय एकान्तमा बस्न मन पराउँछन् ।

उनीहरुका अनुसार, एकान्तमा रहँदा तनाव कम हुन्छ, दिमाग ताजा र एकाग्र रहन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  २ : १४ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६