भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण « Khabarhub

भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हुम्ला- भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो ।

भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरेका छन्  ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो । दुवै विद्यालय भवन आजै औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १० : ०२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।