रुसले गाजामा २७ टन मानवीय सहायता पठायो « Khabarhub

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ । 

‘मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिने छ’, उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भने । उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन्  । गाजाबाट इजरायली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडनले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  २ : ४५ बजे

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल

तामाकोशीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठामडौं- काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार