सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी « Khabarhub

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मनहरी– दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भने, ‘अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।’

डोको लिएर सोलार लिन पुगेका घिराङ निवासी सूर्यबहादुर प्रजा घरमा सोलार जोड्ने भएपछि आफू ज्यादै खुसी भएको बताए । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफूमात्र नभई परिवार सबैमा खुसी छाएको उनले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । वडा नं ७ को घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक–एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा नं ७ र ९मा अझै बिजुली बत्ती नपुगेको अध्यक्ष उनले जानकारी गराए। चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ र सोहीअनुरुप पालिकाले सोलार वितरण गरिएको अध्यक्ष मल्लले सुनाए।

उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको हो । पाँचवटा बत्ती, मोबाइल चार्जिङ र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सोलार उपभोक्ताको घरमापालिकाले नै फिटिङ गरिदिएको हो ।

‘सोही क्षेत्र विकट रहेकाले बिजुली विस्तार नभएको अवस्था छ, हामीले ठेक्का लगाइसकेका छौँ चैतभित्रमा बिजुली विस्तार हुनेछ’, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले भने। अन्य वडामा बिजुली विस्तार भएपनि वडा ७ र ९ मा अझै बिजुली पुग्न सकेको छैन । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा सुधार रहोस् भनी सोलारको उज्यालोमा बालबालिका पढ्न सहज रहने उनले बताए।

वडामा सोलार जडानले गाउँनै झिलिमिली हुने वडाध्यक्ष रामबहादुर प्रजाले बताए। ‘वडावासी मट्टितेलको टुकी बालेर जीवन बिताइरहेका थिए, सोलारले उनीहरूमा खुसी छाएको छ’, वडाध्यक्ष प्रजाले बताए । टुकीमा पढ्दा स्वास्थ्यमा समस्या आउनुका साथै खर्चपनि वृद्धि हुने गर्दथ्यो अब भने सोलारबाट उज्यालोमा पढ्न र घरायसी काम गर्न सहजता रहने वडाध्यक्ष प्रजाले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : ३७ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान