धनगढीमा प्रदेश लगानी सम्मेलन हुने | Khabarhub Khabarhub

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।

यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ । लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।

प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा विकास र समृद्धिको सन्दर्भमा केन्द्र सरकारको सुदूरपश्चिमलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउन नसकेको र राजनीतिक अस्थिरताजस्ता कारण प्रदेशमा लगानी भित्रिन नसकेको बताए ।

“लगानी सम्मेलन गर्ने विषय सकारात्मक छ”, उनले भने, “यसकालागि लगानीको लागि मोडालिटी, आवश्यकता,सम्भावनाजस्ता विषय पहिल्याएर गर्न सकिए त्यसबाट प्रतिफल पाउन सकिन्छ ।”

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ३० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते