धनगढीमा प्रदेश लगानी सम्मेलन हुने « Khabarhub

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।

यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ । लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।

प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा विकास र समृद्धिको सन्दर्भमा केन्द्र सरकारको सुदूरपश्चिमलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउन नसकेको र राजनीतिक अस्थिरताजस्ता कारण प्रदेशमा लगानी भित्रिन नसकेको बताए ।

“लगानी सम्मेलन गर्ने विषय सकारात्मक छ”, उनले भने, “यसकालागि लगानीको लागि मोडालिटी, आवश्यकता,सम्भावनाजस्ता विषय पहिल्याएर गर्न सकिए त्यसबाट प्रतिफल पाउन सकिन्छ ।”

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ३० बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार