‘रअ’ प्रमुखसँग प्रधानमन्त्री भेट भएको छैन– मन्त्री बाँस्कोटा « Khabarhub

‘रअ’ प्रमुखसँग प्रधानमन्त्री भेट भएको छैन– मन्त्री बाँस्कोटा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तर ‘रअ’ का प्रतिनिधिसँग प्रधानमन्त्रीको भेटवार्ता नभएको बताएका छन् ।

गत आइतबार नेपाल भ्रमणमा आएका रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतले भेटवार्ता गरेको भन्ने समाचार बाहिरिएपनि सरकारका प्रवक्ता बाँस्कोटाले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।

‘भारतीय गुप्तचर आएको थाहा छैन’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले भने,‘प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन । अरु दलका नेताहरुले भेटेको पनि थाहा छैन ।’

उनले भेट हुने भएपनि कुटनीतिक प्रोटोकलकै आधारमा भेटघाट हुने बताए ।

मन्त्री बाँस्कोटाले रअको प्रमुखलाई भेटेर कोही पनि रअ पक्षधर नहुने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ०६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको