देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त | Khabarhub Khabarhub

देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । विजया दशमीको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले डेढ दशकयताको अवधिमा नेपाली जनतामा उत्साह नरहेको भन्दै जनता अति नै निराश र हतासमा रहेको उल्लेख गरेका छन् ।

एक तिहाइ जनसङ्ख्या देशबाहिर रहेको भन्दै पूर्वराजा शाहले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा रहेको उल्लेख गरेका छन् । जनतामा महँगी, रोग, शोक, र भोकको ताप रहेको भन्दै उनले मुलुक निरन्तर परनिर्भर हुँदै जाँदा आर्थिक अवस्था पनि जर्जर बन्दै गएको बताएका छन् । उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्नुपर्ने भन्दै देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका छन् ।

व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहको भनाइ छ । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर उनले प्रश्न गरेका छन् ।

लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले राम्रो सुधार ल्याउन नसकेको उल्लेख गर्दै शाहले देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३५ बजे

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बैंकक– सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक

धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

कैलाली– धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा