कृष्णपुरका किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण « Khabarhub

कृष्णपुरका किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलरमिनीटिलर वितरण गरेको छ । किसानलाई ६९  पावरटिलर र ४६  मिनी पावरटिलर वितरण गरेको हो ।

नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलरमिनीटिलर वितरण गरेको छ । ‘सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतामा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ’, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, ‘दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।’

उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरिएको छ । ‘एक पावरटिलरको मूल्य रु एक लाख ७४ हजार पाँच सय र मिनीटिलरको मूल्य ५२ हजार पाँच सय रहेको छ’, शाखा प्रमुख धामीले भने, ‘कुल मूल्यमा किसानले आधा रकम व्यहोरेका छन् ।’

कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलरमिनीटिलर वितरण गरिएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : ४६ बजे

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ ।