फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ « Khabarhub

फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँथलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ ।

बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ । प्रभास स्टारर ‘आदिपुरुष’ले पनि यही कमाइबाट यात्रा थालेको थियो तर पहिलो सप्ताहन्तपछि यसले कमाउन सकेन ।

शाहरुख खान अभिनीत फिल्म ‘जवान’ले विश्व बक्स अफिसमा १२९.१ करोड भारु कमाएको थियो । पान-इण्डिया रिलिज भएको जवान, अहिलेका सबै भारतीय भाषाका संस्करणमा धेरै कमाउने फिल्म हो । एटली निर्देशित फिल्मले विश्वभर ११४०.५ करोड भारु कमाएको छ ।

लोकेश कनागराजद्वारा निर्देशित ‘लियो’को रिलिजलाई लिएर हिन्दी र तेलगु बेल्टमा विवादित भएको थियो । फिल्मले घरेलु बजारमा ६३ करोड भारु कमाएको छ । भारतभर ७४ करोड भारु कमाएको छ । यी दुवै आँकडा जवानभन्दा कम छन् । अभिनेता विजयका लागि पकेट क्षेत्र मानिने तमिलनाडुमा बिहानी शो भने थिएनन्, यद्यपि यसले ३० करोड भारु कमायो ।

आन्ध्र प्रदेश-तेलंगाना बजारमा १५ करोड भारु कमाइ भएको थियो । कर्नाटकमा फिल्मले ओपनिङ दिनमा १४ करोड कमाएको थियो भने केरलामा लियोले ११ करोड कमाउन सक्यो । 

यसअघि ट्रेड एनालिस्ट रमेश बालाले फिल्मले ओपनिङ डेमै विश्वभर १०० करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरेका थिए, जुन संख्यालाई फिल्मले सजिलै पार गरेको थियो । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ५ : ०४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर