धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै « Khabarhub

धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाम नगरपालिका–६ पानीट्यांकीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ । गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका–२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराउनु भएको हो । साथै उनले नगद रु तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गरेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए। 

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीहरू श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ । साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम संकलन भइसकेको छ । 

तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ । चियाबारी नजिकै भ्यू टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : २० बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा