इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो « Khabarhub

इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ । 

आज बिहान साढे ८ बजे फ्लाइ दुबईमार्फत चार नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत विमानस्थल पुगेका थिए । 

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका नारायण न्यौपाने (कैलाली), लोकेन्द्रसिंह धामी (दार्चुला), दीपेशराज विष्ट (दार्चुला) र आशिष चौधरी (कैलाली)को शव कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएको हो ।

अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ। 

यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० नेपालीको निधन भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने