राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना « Khabarhub

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । 

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आएका हुन् । बडादसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखालका नगरप्रमुख महेश खरेल तथा उपप्रमुख सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गरेका थिए । 

पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब १६ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ । 

किंवदन्तीअनुसार नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेकी थिइन् ।

सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंवदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताए ।

यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दसैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड हुने गर्दछ । यहाँ भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १२ : ०६ बजे

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ ।

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन- चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

जनकपुरधाम- सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई

रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आइतबार सांसदहरूलाई सम्बोधन

पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण