विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। पाँचथर, फिदिम नगरपालिका-१ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ  ४ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-६ सिमरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका-६ कोटा तुल्सीपुर बस्ने २० वर्षीय सुनील चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।  

उता बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके राप्ति सोनारी गाउँपालिकास्थित चिलोरीया गाउँ बस्ने २१ वर्षीय टेक बहादुर घर्ती र कोहलपुर नगरपालिका-१२ बस्ने १६ वर्षीय किशोर रहेका छन्। 

उक्त स्थानमा गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : ५३ बजे

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र