विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। पाँचथर, फिदिम नगरपालिका-१ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ  ४ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-६ सिमरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका-६ कोटा तुल्सीपुर बस्ने २० वर्षीय सुनील चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।  

उता बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके राप्ति सोनारी गाउँपालिकास्थित चिलोरीया गाउँ बस्ने २१ वर्षीय टेक बहादुर घर्ती र कोहलपुर नगरपालिका-१२ बस्ने १६ वर्षीय किशोर रहेका छन्। 

उक्त स्थानमा गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ५ : ५३ बजे

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख