महानवमी कसरी मनाइन्छ, के छ धार्मिक महत्व ? | Khabarhub Khabarhub

महानवमी कसरी मनाइन्छ, के छ धार्मिक महत्व ?


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

आज नवरात्रिको नवौँ दिन । यस दिन दुर्गा माताको नवौँ शक्ति स्वरुप सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै छ ।

देवी पुराणमा सिद्धिदात्री देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेको उल्लेख छ ।

सिंहमा विराजमान देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त हुने विश्वास छ ।

आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ ।

आज बिहान हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यसका साथै आज दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।

बलिको अर्थ हो त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । तसर्थ कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ ।

यी प्रतिनिधि पात्रहरूको प्रतीकस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो ।

तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेपछि दसैँमा बलिको सुरुवात भएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ४८ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र