‘भष्मे डन’को दशैँ बक्स अफिसमा उत्साहजनक ओपनिङ « Khabarhub

‘भष्मे डन’को दशैँ बक्स अफिसमा उत्साहजनक ओपनिङ


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिपिन कार्की स्टारर ‘भष्मे डन’ले दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ ।

 शनिबार देशब्यापी रिलिज भएको फिल्मका शोज खचाखच छन् ।दोस्रो दिन आइतबार पनि फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । निर्माताले ‘बम्पर’ ओपनिङ भएको बताएका छन् । सातवर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को स्पिन–अफको रुपमा रिलिज भएको फिल्मले एडभान्स टिकट बिक्रीमा पनि उत्साहजनक ट्रेन्डलाई आत्मसात गरेको थियो । शनिबार र आइतबार दुबै दिनको अकुपेन्सी उच्च देखिएको छ ।

क्यूएफएक्स, आइएनआइ, बिग, वान सिनेमाजसहित मोफसलका आउटलेटमा पनि फिल्मको दर्शकीय फुटफल उच्च रहेको निर्माताले जनाएका छन् । दशैंलाई फिल्मको ब्यवसायिक कोणबाट राम्रो अवसर मान्न सकिन्छ । त्यो ‘फेस्टिभ मुड’लाई भष्मे डनले आत्मसात गरेको मूल्यांकन गरिएको छ ।
दशैं बिदाको अवधिभर ‘भष्मे डन’लाई राम्रो कमाइको मौका छ । यदि ‘वर्ड अफ माउथ’को मद्दत मिलेमा फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गर्न सक्छ ।

निर्माताले ‘भष्मे डन’को पहिलो दिनको कमाइ २ करोड ४० लाख रुपैयाँ रहेको बताएका छन् । तर, चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन । बोर्ड प्रवक्ता केएल बुढाथोकीले दशैं लगत्तै सबै फिल्मको बक्सअफिस डेटा सार्वजनिक हुने बताए । ‘भष्मे डन’ फिल्मको कास्ट एण्ड क्रिउ पनि हल(हलमा पुगेर दर्शकीय प्रतिक्रिया बुझिरहेका छन् । 

निर्माता खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाल, कलाकारहरू स्वस्तिमा खड्का, बिपिन कार्की, सौगात मल्ल लगायत शनिबार दिउँसो हलमा पुगेर दर्शकसँगै फिल्म हेरेका थिए । भष्मे डन’ पशुपति प्रसादको मुख्य मध्येको पात्र भष्मे डनमा आधारित छ । गुण्डा चरित्रको सकारात्मकतातर्फको रूपान्तरणको बटमलाइनमा बनेको फिल्ममा अभिनेता कार्की भष्मे डनको पात्रमा छन् । 

सौगात र स्वस्तिमा पशुपति प्रसाद श्रृंखलाका नयाँ कलाकार हुन् । रिलिजअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा पटकथाकार लामिछानेले पशुपति प्रसादलाई युनिभर्स शैलीमा बनाउने सोच सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : १९ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान