इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश | Khabarhub Khabarhub

इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ ।

बीस लाखभन्दा बढी नागरिकको घर गाजाले इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।

शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याएका थिए । यी प्रयासका बावजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले आइतबार गाजामा इजराइलको कारवाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए । गाजाका लागि इजराइलको सीमा क्रसिङ बन्द भएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टिनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एकमात्र व्यावहारिक मार्ग बनेको सीएनएनले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गरे । कुराकानीका क्रममा दुवै नेताले गाजामा मानवीय सहायता तथा राहत सामग्रीको निरन्तर प्रवाहलाई सुनिश्चित गर्ने आवश्यकता रहेको पुष्टि गरे।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : २२ बजे

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।