घरको कुन दिशामा कुन बिरुवा रोप्ने ?  « Khabarhub

घरको कुन दिशामा कुन बिरुवा रोप्ने ? 


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

अधिकांश घर वरिपरि विभिन्न प्रकारका फुलका बिरुवा लगाएको देखिन्छ । घर वरिपरि फूल तथा अन्य बिरुवा रोप्दा निकै सुन्दर देखिन्छ ।

तर यसरी रोपिएका फूल तथा अन्य वनस्पति बिरुवालाई घर वरिपरि सही दिशा मिलाएर रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउनुका साथै नकारात्मक उर्जा बढाउँछ ।

धार्मिक मान्यताअनुसार उत्तर दिशामा फूल, बिरुवा रोप्दा घरमा चर्म रोग भित्रँदैन । वास्तुमा उत्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुला र हावायुक्त हुने भएकाले यो दिशामा हरियाली हुनु पर्दछ ।

उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु राम्रो मानिन्छ ।

वास्तुशास्त्र अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्दा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मिक विश्वास छ ।

वास्तुअनुसार दक्षिण मङ्गलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्पन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुक्ति पाइन्छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन दिँदैन ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ६ : ५१ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको