मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट | Khabarhub Khabarhub

मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउन्ड फिफ्टिनकाे प्रतिस्पर्धी घोषणा गरिएको हाे

अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशी छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इन्डियासँग भने, ‘छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक छन् ।’

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरूले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको शास्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् । झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३१ बजे

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

बाँके– बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर