आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी « Khabarhub

आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बडादसैँ अन्तर्गत आज तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी रहेको छ । 

विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाहरूले पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्। तर, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

काठमाडौँ उपत्यकामा आज पनि  बिहानैदेखि टीका थाप्न आफन्तकोमा जानेहरूको चहलपहल देखिएको छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : ०१ बजे

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा

बाजुरामा ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा

आईपीएल : गुजरातको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९