संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए । 

इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुंयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए। 

उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने । 

मंगलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, ‘महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए ।’ उनले महासचिवको राजीनामासमेत माग गरेका थिए। यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए ।

यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मंगलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे । बैठकपछि मङ्गलबारनै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका  केही परिवारलाई भेटे र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए ।

बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, ‘मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।’ आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए। 

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ४ : २४ बजे

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।