श्रेष्ठ दम्पत्तिद्वारा अस्ट्रेलियामा नेपाली मन्दिर बनाउन २५ हजार डलर प्रदान गर्ने घोषणा « Khabarhub

श्रेष्ठ दम्पत्तिद्वारा अस्ट्रेलियामा नेपाली मन्दिर बनाउन २५ हजार डलर प्रदान गर्ने घोषणा


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मेलबर्न, अस्ट्रेलिया- लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठ र उनकी श्रीमती प्रभादेवी श्रेष्ठले मिनी नेपाल अवधारणा अनुसार अस्टेलियामा बन्न लागेको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ आयोजित महायज्ञमा २५ हजार डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

नेपाली परम्परा, संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गरिनुपर्छ भन्ने मान्यतालाई कदर गर्दै वाचनप्रवीण प. दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा श्रेष्ठ दम्पत्तिले उक्त राशी प्रदान गर्ने घोषणा गरेका हुन् ।

छोरी पूजाको जन्मदिन सकिएको र छोरा पुरक र बुहारी प्रियंकाको दोश्रो वैवाहिक वर्षगाँठ आउन लागेको बीचमा जारी महायज्ञमा यो घोषणा गरिएको श्रेष्ठले फेसबुक पेजमार्फत् जानकारी दिएका छन् । श्रेष्ठले छोरी पूजाको १८ औं जन्मदिन मनाउने तयारी अन्तिम अवस्थामा पुगेको बेला नेपालमा बाढी आएको कारण जन्मदिन मनाउने काम रोकी धुर्मुस सुन्तलीमार्फत बाढी पहिरो पीडितका लागि ५ हजारभन्दा बढी डलर प्रदान गरिएको जानकारी पनि गराएका छन ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमबाट मेलबर्नमा १२० रोपनीभन्दा बढी जग्गा किन्न समर्थ भएको श्रेष्ठको भनाइ छ । अब उक्त संकलित रकम गुरुयोजना मुताबिकको मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माण कार्यमा प्रयोग गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ९ : ५६ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६