भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री « Khabarhub

भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो सहयोग भारतीय वायुसेनाको सी १७ विमानबाट पठाइएको हो । सामानहरू विमानमार्फत् इजिप्टको एलआरिस एयरपोर्टमा पुर्‍याइएको छ ।’

प्यालेस्टाइनीहरूलाई पठाएको सहायतामा औषधि, शल्यचिकित्सा उपकरण, त्रिपाल, पानी शुद्धीकरण ट्याब्लेटजस्ता अत्यावश्यक सामग्रीहरू छन् ।

गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइन प्राधीकरणका अध्यक्ष महमुद अब्बाससँग टेलिफोन संवाद गरेका थिए । सोही क्रममा प्रधानमन्त्री मोदीले प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पठाउने बताएका थिए ।

मोदीले गाजाको अल अहली अस्पतालमा सर्वसाधारणको हत्या भएकोप्रति गहिरो शोक व्यक्त गरेका थिए । इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच द्वन्द्व हुँदा हजारौं इजराइली र प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।

दुई पक्षबीच जारी युद्धले मानवीय संकट बढ्दै गएको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भू भागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : २८ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर