इजरायलमा ज्यान गुमाएका थप तीन नेपालीको शव पहिचान | Khabarhub Khabarhub

इजरायलमा ज्यान गुमाएका थप तीन नेपालीको शव पहिचान


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरालयमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा ज्यान गुमाएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।

हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । जसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव यसअघि नेपाल ल्याइसकिएको छ।अझै दुई जनाको शव पहिचान हुन बाँकी छ।

त्यस्तै आक्रमणमा परेर बेपत्ता भएका विद्यार्थी विपीन जोशीको खोजी जारी रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : १८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित