आईसीसी टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा « Khabarhub

आईसीसी टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । 

बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । 

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : १० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको