आईसीसी टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा « Khabarhub

आईसीसी टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । 

बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । 

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : १० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना