शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल « Khabarhub

शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शान्ति प्रक्रियाका बाँकी कामका नाममा संयुक्त राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर नेपाली आफैँले गर्ने हो भन्दै विदेशीले आएर नेपालीलाई कहाँनेर दुख्यो भन्ने थाहा नपाउने बताए ।

सत्य निरूपण तथा मेलमिलापको काम पीडितलाई ध्यानमा राखेर सम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड त्यसमा तयार नरहेको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री प्रचण्ड पीडितको पक्षमा नभएर पीडकको पक्षमा उभिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको समेत बताए ।

उनले भनेका छन्– ‘मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोसिस गरे पनि समस्या समाधान हुन्न ।’

नेता रिजालले अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई बिदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको स्मरण गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ५३ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको