शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल « Khabarhub

शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शान्ति प्रक्रियाका बाँकी कामका नाममा संयुक्त राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर नेपाली आफैँले गर्ने हो भन्दै विदेशीले आएर नेपालीलाई कहाँनेर दुख्यो भन्ने थाहा नपाउने बताए ।

सत्य निरूपण तथा मेलमिलापको काम पीडितलाई ध्यानमा राखेर सम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड त्यसमा तयार नरहेको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री प्रचण्ड पीडितको पक्षमा नभएर पीडकको पक्षमा उभिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको समेत बताए ।

उनले भनेका छन्– ‘मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोसिस गरे पनि समस्या समाधान हुन्न ।’

नेता रिजालले अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई बिदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको स्मरण गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ५३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा