‘इन्डियन २’ आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी « Khabarhub

‘इन्डियन २’ आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ ।

फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही समयपछि सार्वजनिक हुनेछ । फिल्म ‘इन्डियन’ को सिक्वेलको रुपमा निर्माण भएको हो ।

१९९६ मा रिलिज ‘इन्डियन’ हासनको हिट फिल्म हो । फिल्मको निर्देशन शंकरले गरेका थिए । दोस्रो पार्टको पनि लेखन निर्देशन शंकरले गरेका छन् ।

फिल्ममा हासनको अपोजिट भूमिकामा काजल अग्रवाल देखिनेछिन् । रकुलप्रित सिंह, सिद्धार्थ र बोबी सिम्हाको पनि फिल्ममा मुख्य भूमिका छ । ‘इन्डियन २’ निर्माण घोषणा २०१७ मा भएको थियो । फिल्मका निर्माता एएम रत्नम् हुन् ।

फिल्मको छायांकन २०१९ जनवरीमा सुरु भएको थियो । फिल्म चेन्नई, भोपाल र ग्वालियरमा छायांकन भएको हो । केही दृश्यको छायांकन जोहान्सबर्ग र ताइवानमा समेत भएको छ ।

२०२० मा यो फिल्म सुटिङ सेटमा एक एक्सिडेटस भएको थियो । जसका कारण टिमका ३ व्यक्तिले ज्यान गुमाएका थिए । वितरक, कोरोना लगायत बिभिन्न कारणले फिल्मको रिलिज रोकिँदै आएको थियो । अब भने निर्माण युनिटले फिल्म नयाँ वर्षको सुरुवातमा रिलिज गर्ने योजना बनाएको छ ।

स्रोत :एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : २६ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको