‘इन्डियन २’ आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी | Khabarhub Khabarhub

‘इन्डियन २’ आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ ।

फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही समयपछि सार्वजनिक हुनेछ । फिल्म ‘इन्डियन’ को सिक्वेलको रुपमा निर्माण भएको हो ।

१९९६ मा रिलिज ‘इन्डियन’ हासनको हिट फिल्म हो । फिल्मको निर्देशन शंकरले गरेका थिए । दोस्रो पार्टको पनि लेखन निर्देशन शंकरले गरेका छन् ।

फिल्ममा हासनको अपोजिट भूमिकामा काजल अग्रवाल देखिनेछिन् । रकुलप्रित सिंह, सिद्धार्थ र बोबी सिम्हाको पनि फिल्ममा मुख्य भूमिका छ । ‘इन्डियन २’ निर्माण घोषणा २०१७ मा भएको थियो । फिल्मका निर्माता एएम रत्नम् हुन् ।

फिल्मको छायांकन २०१९ जनवरीमा सुरु भएको थियो । फिल्म चेन्नई, भोपाल र ग्वालियरमा छायांकन भएको हो । केही दृश्यको छायांकन जोहान्सबर्ग र ताइवानमा समेत भएको छ ।

२०२० मा यो फिल्म सुटिङ सेटमा एक एक्सिडेटस भएको थियो । जसका कारण टिमका ३ व्यक्तिले ज्यान गुमाएका थिए । वितरक, कोरोना लगायत बिभिन्न कारणले फिल्मको रिलिज रोकिँदै आएको थियो । अब भने निर्माण युनिटले फिल्म नयाँ वर्षको सुरुवातमा रिलिज गर्ने योजना बनाएको छ ।

स्रोत :एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : २६ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू