श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जित | Khabarhub Khabarhub

श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जित


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानले सानदार जित दर्ता गरेको छ । श्रीलंकालाई अफगानिस्तानले सात विकेटले पराजित गर्दै अर्को महत्वपूर्ण जित दर्ता गरेको हो । यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ ।

जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका लागि रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । जादरान ३९ र शाह ६२ रनमा आउट भए । सुरुवात भने राम्रो रहेनन् । खाता नखोल्दै अफगानिस्तानले आफ्नो पहिलो विकेट गुमाएको थियो ।
कप्तान शाहिदीले अजमतुल्लाह मिर्जासँग अविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मिर्जा ७३ र शाहिदी ५८ रनमा अविजित रहे ।

यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।२२ रन जोड्दा पहिलो विकेटका रुपमा दिमुथ करुणारत्ने आउट भए । तेस्रो नम्बरमा आएका कुशल मेन्डिसले पथुम निसांकासँग ६२ र सदीरा समरविक्रमासँग ५० रनको साझेदारी गर्दै श्रीलंकाको पारी उकासे । पथुम ४६ रनमा आउट भए । श्रीलंकाका एन्जेलो म्याथु २३ र महेश थीक्षणा २९ को योगदान दिए ।

अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए । मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ३५ बजे

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा– थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा