गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने | Khabarhub Khabarhub

गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा ‘पिक्सल’ फोनको उत्पादन गर्ने भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘गुगल फर इन्डिया’ समारोहलाई सम्बोधन गर्दै गुगलको उपकरण तथा सेवाका प्रमुख रिक ओस्टरलोहले भारतमा पिक्सल फोनको उत्पादन गर्ने घोषणा गरेका हुन् ।

गुगलको माउ कम्पनी अल्फबेटका अनुसार सन् २०२४ बाट भारतमा ‘पिक्सल ८’ फोनको उत्पादन थालिने इकोनोमिक टाइम्सले जनाएको छ । ‘पिक्सलका लागि भारत प्राथमिक बजार हो ।’ ओस्टरलोहलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ नामक कार्यक्रम अनुसार गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्न लागेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : १४ बजे

माओवादीले वाईसीएलमा निर्वाचन हुन नदिने, खुमलटारले सर्वसम्मत नेतृत्व छान्ने

काठमाडौं- काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन उद्घाटनको तीन दिन

विपद्मा उद्धारका लागि तयार रहनू : मुख्यमन्त्री लामा

चितवन- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालाहरूलाई

नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत

काठमाडौं– नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई  प्रवक्ताको जिम्मेवारी दिएको छ

भाले गैँडा सदर चिडियाखाना पठाइयो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको

बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

बागलुङ– बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन ।