एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै « Khabarhub

एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । 

दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे २ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमालेले जनाएको छ ।

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूलगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ । 

पर्वहरूको अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान गरेको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ३६ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध