बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने « Khabarhub

बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल)तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एक सय शय्यालाई विस्तार गरी तीन सय शय्या स्तरोन्नति गरिने भएको हो ।

 यसका लागि बिहीबार दुईसय शय्याको भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने जनाइएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा थप दुईसय शय्या भवन शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठमा छ सदस्यीय टोलीले जापान भ्रमण गरेकामा  अस्पताल भवन निर्माणको वातावरण बनेको बताए।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने गरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगरप्रमुख पाण्डेयले जानकारी दिए । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्रप्रसाद बस्यालले बताएका छन् । 

तीन विषयमा ४०-४० जनाका दरले एक सय २० विद्यार्थीले यसवर्ष अध्ययन गर्न पाउने उनको भनाइ थियो । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको मेसु बस्यालले बताए ।

कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास र मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउँदै जाने बताए।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ४ : १० बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष