गोली प्रहार गरी प्रहरीले दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लियो « Khabarhub

गोली प्रहार गरी प्रहरीले दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लियो


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी दुई जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय र एक नेपाली रहेका छन् । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर, एउटा पेस्तोल र तीन राउण्ड गोलीका साथै डिजीटल तराजु र नगद ५० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल राज्यको नक्सलबारीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । उनको दाहिने गोडामा गोली लागेको छ । उनलाई उपचारका लागि मदरल्याण्ड अस्पताल, पेप्सिकोला लगिएको छ ।

घटनामा झापाको कचनकवल ८ का ३७ वर्षीय हर्कबहादुर लिम्बु पनि पक्राउ परेका छन् । पक्राउ परेका लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारवाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ३८ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड