चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या « Khabarhub

चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा युवा बेरोजगारीको समस्या अझ विकराल बन्दै गएको पाइएको छ । च्यनल न्यूज एसियाले जनाएअनुसार चीनमा युवा बेरोजगारीको समस्याले संकटकै रुप लिइसकेको छ ।

चीनमा युवा बेरोजगारी २१ दशमलब ३ प्रतिशत पुगेको छ । उच्च युवा बेरोजगारीले अन्य मुलुकको अर्थतन्त्र र भूराजनीतिक सम्बन्धमा पनि असर पार्ने जोखिम रहेको छ ।

समाजको अपेक्षा र सरकारी नीतिका कारण चीनमा युवा बेरोजगारीलाई जटिल समस्याका रुपमा हेरिएको छ । चीनको हुको प्रणालीअनुसार चीनमा कुनै परिवारको बसोबास र उनीहरुले प्राप्त गर्ने सार्वजनिक सेवाबारे निश्चित मापदण्ड रहेको छ ।

यसअनुसार कुनै परिवारले दर्ता गरेपछि सरकारी निकायले बसोबास र रोजगारीको निर्धारण गर्छन् । यस प्रणालीले ग्रामीण क्षेत्रमा रहेका मानिसहरुलाई सहरी क्षेत्रमा रोजगारीको अवसरबाट बञ्चित गरिन्छ ।

सात वर्षअघि मात्रै खारेज गरिएको एक सन्तान नीतिअनुसार घरमा एक्लो सन्तान हुँदा परिवार र समाजको अपेक्षा पनि बढी हुने भएकाले पनि चिनियाँ युवाहरुमा मानसिक दबाब बढी हुने च्यानल न्यूज एसियाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : २८ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको