चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या | Khabarhub Khabarhub

चीनमा विकराल बन्दै युवा बेरोजगारीको समस्या


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा युवा बेरोजगारीको समस्या अझ विकराल बन्दै गएको पाइएको छ । च्यनल न्यूज एसियाले जनाएअनुसार चीनमा युवा बेरोजगारीको समस्याले संकटकै रुप लिइसकेको छ ।

चीनमा युवा बेरोजगारी २१ दशमलब ३ प्रतिशत पुगेको छ । उच्च युवा बेरोजगारीले अन्य मुलुकको अर्थतन्त्र र भूराजनीतिक सम्बन्धमा पनि असर पार्ने जोखिम रहेको छ ।

समाजको अपेक्षा र सरकारी नीतिका कारण चीनमा युवा बेरोजगारीलाई जटिल समस्याका रुपमा हेरिएको छ । चीनको हुको प्रणालीअनुसार चीनमा कुनै परिवारको बसोबास र उनीहरुले प्राप्त गर्ने सार्वजनिक सेवाबारे निश्चित मापदण्ड रहेको छ ।

यसअनुसार कुनै परिवारले दर्ता गरेपछि सरकारी निकायले बसोबास र रोजगारीको निर्धारण गर्छन् । यस प्रणालीले ग्रामीण क्षेत्रमा रहेका मानिसहरुलाई सहरी क्षेत्रमा रोजगारीको अवसरबाट बञ्चित गरिन्छ ।

सात वर्षअघि मात्रै खारेज गरिएको एक सन्तान नीतिअनुसार घरमा एक्लो सन्तान हुँदा परिवार र समाजको अपेक्षा पनि बढी हुने भएकाले पनि चिनियाँ युवाहरुमा मानसिक दबाब बढी हुने च्यानल न्यूज एसियाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : २८ बजे

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।