चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ « Khabarhub

चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी- तिब्बतको निर्वासित सरकारका नेता सिक्योङ पेन्पा छिरिङले तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न चीन उद्दत रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाको वाशिंटनमा रहेको नेशनल प्रेस क्लबले जनाएअनुसार सिक्योङ छिरिङले चीनले तिब्बती सँस्कृतिको जरामै प्रहार गरिरहेको टिप्पणी गरेका हुन् ।

अभिनेता रिचर्ड गिरसमेत सहभागी रहेको एक कार्यक्रममा सिक्योङ छिरिङले भने, ‘चीनले तिब्बतमा कठोर शासन गर्दै आएको छ ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चिनियाँ कम्युनिष्ट अधिकारीहरुले स्थानीय विद्यालयहरुमा तिब्बती भाषा विस्थापित गर्दै लगेको र स–साना गाउँहरुको नाम पनि परिवर्तन गरी चिनियाँ नाम राख्ने गरेको बताए ।

‘हाम्रो पहिचान नै लोप हुनसक्छ, यो तिब्बतको भविष्यमा देखिएको सबैभन्दा ठूलो जोखिम हो ।’ सिक्योङ छिरिङलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ३९ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना