आईसीसी टी–२० विश्वकप छनोट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने « Khabarhub

आईसीसी टी–२० विश्वकप छनोट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले समूह ‘ए’ को अन्तिम खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ए को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएके थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : ३४ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा