आजबाट संसद अधिवेशन अन्त्य गरिँदै, निर्णय लिन मन्त्रिपरिषदको बैठक जारी « Khabarhub

आजबाट संसद अधिवेशन अन्त्य गरिँदै, निर्णय लिन मन्त्रिपरिषदको बैठक जारी


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । यस अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । 

आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची छ ।

यसैबीच, संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्ने प्रमुख एजेण्डामा छलफल भइरहेको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा आजदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ५५ बजे

आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा