आजबाट संसद अधिवेशन अन्त्य गरिँदै, निर्णय लिन मन्त्रिपरिषदको बैठक जारी « Khabarhub

आजबाट संसद अधिवेशन अन्त्य गरिँदै, निर्णय लिन मन्त्रिपरिषदको बैठक जारी


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । यस अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । 

आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची छ ।

यसैबीच, संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्ने प्रमुख एजेण्डामा छलफल भइरहेको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा आजदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ५५ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध