अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध « Khabarhub

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् ।

मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताए । 

नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उनको भनाइ थियो ।

अमेरिकाको औपचारिक भ्रमणमा रहेका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै उक्त आग्रह गरेका हुन् ।

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को सम्भावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गरे । उनले भने, ‘नेपालको आर्थिक रूपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा  विश्वस्त छु ।’ 

सूचना प्रविधिको कम्पनी स्थापनाका लागि सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उनको भनाइ छ । अरु क्षेत्रका लागि न्यूनतम दुई करोड लाग्ने मन्त्री साउदको भनाइ थियो ।

मन्त्री साउदले वैदेशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको उल्लेख गर्दै नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरूप १० करोडसम्मको लगानीका लागि पूर्वस्वीकृति लिन नपर्ने व्यवस्था गरेको जानकारी दिए ।

उक्त अवसरमा अमेरिकाको चेम्बर अफ कमर्सले नेपालमा स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललाई वैधानिकता प्रदान गरेको थियो । 

सो अवसरमा एमच्याम्वरका संस्थापक अध्यक्ष अजित शाहले वैधानिकताको प्रमाणपत्र ग्रहण गरेका थिए । कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रमुख जोन मुर्फे र अर्का उपाध्यक्ष अतुल कश्यपले नेपालमा अमेरिकी लगानीकर्ताको चासो बढेको बताए ।

कार्यक्रममा अमेरिकन चेम्बर्स अफ कमर्सका प्रतिनिधि, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत दूतावासका अधिकारी, परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति थियो । 

नेपालले पछिल्ला वर्षमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन लगायत क्षेत्रमा नेपाली नियोगलाई परिचालन गर्दै आएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ११ : ०८ बजे

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना