निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी « Khabarhub

निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्षसम्म पनि हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको सन्दर्भमा नेवि संघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष (१० साउन २०७५) मा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलमा प्रर्दशन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ३९ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण