निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी « Khabarhub

निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीविरुद्ध नाराबाजी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्षसम्म पनि हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको सन्दर्भमा नेवि संघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष (१० साउन २०७५) मा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलमा प्रर्दशन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ३९ बजे

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत