झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक | Khabarhub Khabarhub

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गलकोट– तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउँछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरूको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ ।  

तिहारका लागि झिनियाँ बनाउन यतिबेला  घरेलु उद्यमीहरू निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरोकारवालाले सचेत बनाएका छन् । रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएकी छन् । 

उनले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ्ग प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताइन् । रङ्गिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताइन् । 

चाडपर्वको समयमा नेपालीहरूले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ्ग प्रयोग गर्ने गरेकाले यसले  जोखिम निम्त्याउने उनले बताएकी छन् । ‘जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ्ग मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँं’ प्रमुख श्रेष्ठले भनिन् ‘रङ्ग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङ्गिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ्ग मिसाइएको झिनियाँ खरिद नगर्न हाम्रो आग्रह छ ।’ तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउँदा क्यान्सरको जोखिम बढाउने छ । 

 एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने कानुनी  व्यवस्था रहेको उनले जानकारी दिइन् । उपभोक्तामा रङ्गिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यसको उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो । उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ्ग मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका-१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताइन्। उनले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भने अनुसार रङ्ग प्रयोग गर्ने गरेको जानकारी दिइन्। 

रङ्ग प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङ्गको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताइन् । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १ : २२ बजे

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको

लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता,

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको