करोडौं पर्ने कार चढ्छन् यी हिरोहिरोइन, प्रियंकासँग मात्र छ यस्तो गाडी | Khabarhub Khabarhub

करोडौं पर्ने कार चढ्छन् यी हिरोहिरोइन, प्रियंकासँग मात्र छ यस्तो गाडी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय फिल्म उद्योग नेपालीहरुको लागि चासोमा रहने गरेको छ । धेरै नेपालीले भारतीय अभिनेता अभिनेत्रीको जीवनशैलीबारे पनि चासो राखिरहेका हुन्छन् ।

भारतीय फिल्म उद्योमा धेरै स्टारहरु छन् जसले पैसा र नाम कमाएका छन् ।

धेरै दाम कमाएका कारण उनीहरुको जीवनशैली र उनीहरुले प्रयोग गर्ने सामान पनि महंगा हुने गरेका छन् ।

उनीहरुले लगाउने कपडादेखि लिएर हिरोइनहरुले प्रयोग गर्ने व्यागसम्म पनि लाखौं मूल्यको हुने गरेको समाचार भारतीय सञ्चारमाध्यमहरु आउने गरेका छन् । यसै क्रममा भारतीय सेलिब्रेटीहरुले प्रयोग गर्ने महँगा कारहरुको बारेमा पनि भारतीय सञ्चारमाध्यमहरुमा बेलाबेलामा समाचारहरु प्रकाशन हुने गरका छन् ।

सेलिब्रेटीको महंगो जीवनशैलीबारे हामी यहाँ उल्लेख गर्दै छौं ।

महंगा कार चढ्ने यो लिस्टमा सञ्यज दत्त देखि लिएर अमिताभ बच्चनसम्मको नाम छ । हालसालै दुई स्टारले महँगो कार किनेका छन् । आज हामी तपाईलाई बलिउडका स्टारहरुका बारेमा बताउँन गइरहेका छौं जसले विलाशी कार चढ्छन् ।

सञ्जय दत्त– सञ्जय दत्त हालसालै एक नयाँ रेन्ज रोबर गाडी किनेका छन् । सञ्जयले रेन्ज रोबर एल डव्ल्यू बी एसइ किनेका छन् । यो डिजेलवाला कारको मूल्य २.३३ करोड हो । आफ्नो कारको तस्वीर सञ्जयले इन्स्टाग्राममा राखेका छन् ।

यी बाहेक सञ्जय दत्तसँग अरु धेरै कारहरु छन् ।

अमिताभ बच्चनले केही दिन पहिला मर्सिडिज बेन्ज भी क्लास किनेका थिए । यो गाडी भारतमा लञ्च भएको सबैभन्दा महंगो एमपीवी कार मध्ये एक हो । जसको मूल्य भारतीय रुपैयाँ ६८ लाख रहेको जनाइएको छ ।

प्रियंका चोपडा पनि कारकी शोखिन हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी उनी एक मात्र अभिनेत्री हुन् जोसँग रोयल रोयस रहेको छ । यसका साथ प्रियंकासँग अरु कार पनि रहेको छ ।

जसको मूल्य ५ करोड २५ लाख रहेको छ । हालसालै प्रियंकाले निकसँग विवाह गरेपछि उनलाई पनि कार उपहार दिएकी थिइन् ।

उनले निकलाई दिएको मर्सिडिज कारको मूल्य भारतमा १० करोड ५० लाख भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कटरीना कैफ पनि कारको शोखिन हुन् । कटरीनासँग कयौं गाडीहरु छन् तर हालसालै उनले एक गाडी किनेकी छिन् जसको मूल्य ४९ देखि ६५ लाख रहेको बताइएको छ ।

सलमान खानपनि विलासी गाडीका शोखिन हुन् । हालसालै उनले १ करोड ८७ लाखको कार किनेका छन् ।

विलाशी गाडी किन्ने व्यक्तिमा वरुढा धवन पनि पर्छन् । उनीसँग पनि महँगो गाडी रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ४३ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको