शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य जरुरी : मन्त्री शर्मा | Khabarhub Khabarhub

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य जरुरी : मन्त्री शर्मा


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ–  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । घोराही उपमहानगरपालिका–११ जीतपुरस्थित सहिद परिवारसङ्ग आज भएको भेटमा उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने बताइन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको उनको भनाइ थियो । मन्त्री शर्माले महासचिव गुटेरेसले सङ्घीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताइन्। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै उनले यसका लागि सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरिन्। 

अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्नेमा जोड दिइन्। नेपाल सरकारका प्रवक्तासमेत रहेका शर्माले सरकारले पहिलो पटक सहिदका नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा सम्मान भएको धारणा राखिन् ।

राजपत्रमा प्रकाशित हुन छुटेका सहिदको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताइन्। 

भेटमा सहिद परिवारले गाउँको बाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरूले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्ति एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ४ : ०० बजे

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण