दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, नेपालगञ्जबाट पक्राउ परे रिगल, दक्षिण कोरियाका कृषिमन्त्री र राष्ट्रपति पौडेलबीच भेट मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुख : प्रधानमन्त्री, गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा, संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलगायतका समाचारले प्रमुख स्थान पाए ।

सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश
जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो । सर्वोच्चले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न परमादेशसमेत जारी गरेको छ ।

नेपालगञ्जबाट पक्राउ परे रिगल
सर्वोच्च अदालतले माफी दिने सरकारको निर्णय बदर गरेलगत्तै योगराज भनिने रिगल ढकाल पक्राउ परेका छन् ।

बिहीबार सर्वोच्च अदालतले उनको कैद माफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । उक्त निर्णय र आदेशलगत्तै उनी बाँकेबाट पक्राउ परेका हुन् ।

दक्षिण कोरियाका कृषिमन्त्री र राष्ट्रपति पौडेलबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुख : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।

गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा
गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पारेका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका हुन् ।

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राति १२ बजेबाट संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

मुलुकको आर्थिक अवस्थामा निकै चुनौती : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन् ।

राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट देश गुज्रियो : प्रदेश प्रमुख शर्माले
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल राजनीतिक अस्थिरता र सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति आयोगको चौथो प्रतिवेदन आज बुझ्दै प्रदेश प्रमुख शर्माले धेरै जनजातिको समूहले बनेको नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्दा धेरै विषय समेट्न नसकेको बताए ।

मधेश प्रदेशमा दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत सुरु
सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठवटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र पुनःस्थापना सुरु गरेको छ ।

दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक९एडिबी०ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ ।

ओमानसँग नेपाल ५ रनले पराजित
काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ ।

बिहीबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ०० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले