हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी « Khabarhub

हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तेलअहिब हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो ।

लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो ।  इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको यो पछिल्लो गोलाबारी हो।

एक विज्ञप्तिमार्फत इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाह आतंकवादी लक्ष्यहरूको एक श्रृंखलामाथी प्रहार गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेदेखि इजरायल र हिजबुल्लाहले इजरायल–लेबनानी सीमामा घातक गोलीबारी आदानप्रदान गर्दै आएका छन्। 

पछिल्लो टकरावलाई सन् २००६ को युद्धपछिको सीमामा भएको सबैभन्दा घातक वृद्धि मानिन्छ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ०१ बजे

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर