टी–२० विश्वकप एसिया छनोट : नेपालले गुमायो दोस्रो विकेट « Khabarhub

टी–२० विश्वकप एसिया छनोट : नेपालले गुमायो दोस्रो विकेट


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईविरुद्ध जारी खेलमा नेपालका गुल्शन झा २२ रन बनाएर आउट भए ।

उनी ९ ओभर ३ बलमा बासिल हमिदको बलमा आउट भए । २४ बल खेलेका उनले तीन चौका प्रहार गरे । यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भएका थिए । उनी २ ओभर ६ बलमा नीलंश केशवानीको बलमा आउट भए । टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ३८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका