बर्दियामा हात्तीको उपचार गर्न शिविर « Khabarhub

बर्दियामा हात्तीको उपचार गर्न शिविर


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा आयोजना गरिएको शिविरमा हात्तीलाई जुकाको औषधि खुवाउने, नङ काट्ने र विभिन्न खोप लगाइने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ जानकारी दिए ।

उनका अनुसार आजदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । हात्ती स्वास्थ्य शिविरमा विशेष गरी हात्तीसारमा रहेका १३ हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामले बताए ।

निकुञ्जमा पालिएका हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ०१ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको