छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि « Khabarhub

छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सञ्चालन हुने भएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ ।

उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेबल कार्य काठमाडौँमा  तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट दुई सय १० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्यान्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी कूल दुई सय ७० जनाको सहभागिता रहनेछ ।

उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : १८ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,