बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदको चासो बढ्याे « Khabarhub

बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदको चासो बढ्याे


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदहरुले चासो देखाएका छन् ।

पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका छन् ।

कर्विन्सले १९८५ मा बर्दिवास ३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने उनको सुझाव छ । लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोविन्द न्यौपानेले स्थानीय सरकारको पहल कदमीलाई नै जोड दिएका छन ।

कार्विन्सले आफ्नो किताब (प्रिहिस्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी थिइन । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनको निष्कर्षमा थियो ।

पछिल्लो समय स्थानLय पत्रकारहरुले यसको विषयमा थप खोजी गर्न थालेपछी चर्चा चुलिदै गएको छ । पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ । तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ ।

स्थानीयहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानियह बताउँछन् । समाचारको माध्यमवाट प्रचार प्रसार भएपछि यसको थप खोजीमा जुटेका केही स्थानियहरुले उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन् । केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानिय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन् ।

अविलम्ब यो ठाउँलाई सुरक्षित गरी पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानियहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन् । ठाउँको पहिचान गरि उक्त क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनीहरुको सुझाव छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ३९ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी