भारतमा आइफोन १७ बन्ने « Khabarhub

भारतमा आइफोन १७ बन्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा छिट्टै नै आइफोन १७ बन्ने भएको छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाटा ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वारद्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

एप्पलको नयाँ प्रडक्ट चीनबाहिरबाट आउन लागेको यो पहिलो पटक हुने एप्पलका विश्लेषक मिङ चि कुओले भनेका छन् । यसलाई एप्पलले चीनबाहिर सस्तोमा आइफोन बनाउने नयाँ ठाउँ खोजिरहेको रुपमा हेरिएको छ ।

योसँगै भारत एप्पलका लागि म्यानुफ्याक्चरिङ हबको रुपमा उदाउनेछ । तर आइफोनका प्रो मोडलहरू भने अझै पनि चीनमै बन्ने आशा गरिएको छ । चीन एप्पलको शीर्ष आपूर्तिकर्ता हो ।

सबै प्रक्रियाहरू योजना अनुरूप अगाडि बढे भने आइफोन १७ को एनपीआई सन् २०२४ को दोस्रो अर्ध वार्षिकमा सम्पन्न हुनेछ अनि फोन २०२५ मा रिलिज हुनेछ ।

अहिले विश्वभर निर्यात हुने १२ देखि १४ प्रतिशत आइफोन भारतमा बनेका हुन् । सन् २०२४ सम्ममा यसलाई बढाएर २० देखि २५ प्रतिशतमा पुर्‍याउने एप्पलको लक्ष्य छ ।

सो अवधिसम्म चीनको चङचाउ र ताइयुआनमा रहेको फक्सकोनको कारखानामा आइफोनको उत्पादन क्रमशः ३५ देखि ४५ प्रतिशत र ७५ देखि ८५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

आइफोन बनाउन एप्पल चीनमाथि निर्भर छ । चीन र अमेरिकाबीचको तनाव अनि कोभिडका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएयता एप्पल चीनमाथिको निर्भरता कम गर्न लागिरहेको छ ।

यस्तोमा भारतलाई उपर्युक्त विकल्पको रुपमा हेरेर कम्पनीले त्यहाँ लगानी बढाइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ५४ बजे

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।